१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

स्वावलम्बन लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त

३० असार, काठमाडाैं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त भएको छ । कम्पनीले साउन १ गतेदेखि लागू हुनेगरी एनआईएमबी एस क्यापिटललाई रजिष्ट्रार नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईएमबी एस क्यापिटलले गर्नेछ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १४:३४