२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

२९ असार, काठमाडाैं । हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्ने भएकाे छ । कम्पनीले कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले १ः०.५ अनुपातमा ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद जारी गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १६:५६