२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

एनआइसी एशिया बैंकसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२९ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से ३१.०८ अंकले बढेर २७६२.८८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

उक्त दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३७ करोड १४ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख ८० हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ५३ लाख ५३ हजार रुपैयाँ, सानिमा बैंकको २५ करोड १८ लाख ३२ हजार रुपैयाँ र सिइडिबी होल्डिङको २४ करोड ८८ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १५:१३