विद्यादेवी भण्डारीः समयले परीक्षण गरिसकेको एक अशल नेता
२९ असार, काठमाडौँ । राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिक भूमिका देशले नै मागेको बताउनुभएको छ । भण्डारीले नेकपा एमालेको सदस्यता नविकरणपछि धेरैले एमालेको भावि नेतृत्वको रूपमा चर्च गरिरहेको समयमा त्रिपाठीले ६ बुँदामा भण्डारीको विगतका बारेमा टिप्पणी गर्दै समयले परीक्षण गरिसकेको एक अशल नेता भएको बताउनुभएको छ ।
त्रिपाठीले ६ बुँदामा भण्डारीबारे यस्तो टिप्पणी गर्नुभएको छ ।
विद्या भण्डारीज्यूलाई आफ्नो पार्टीको अध्यक्ष चयन गर्ने या नगर्ने भन्ने कुराको सम्पूर्ण अधिकार एमालेका प्रतिनिधिमूलक कार्यकर्ताहरूलाई छ , यो विषयलाई लिएर एमाले भन्दा बाहिरकाले धेरै चिन्ता र चासो लिइरहनुपर्ने म देख्दिन । तर तपशीलका कारणहरूले उहा देशका निम्ति चाहि आवश्यक देखिनुहुन्छ –
१) नेपाललाई यतिबेला पदलाई मुख्य प्राथमिकता दिने ब्यक्ति भन्दा देशलाई प्राथमिकतामा राखेर ब्यबहार गर्ने नेताको आवश्यकता छ । विद्या भण्डारीज्यूले देशको सर्बोच्च पदीय जिम्मेवारी ग्रहण गरिसक्नु भएकोले उहालाई इतिहासले पूर्व राष्ट्रपतिका रूपमा सधै स्मरण गरिरहनेछ । त्यसैले उहाका सोच ब्यबहारको केन्द्रमा पद नभएर सधै देश र जनता मात्र परिरहने सम्भावना बढी छ । एउटा जाबो प्रधानमन्त्री बन्नका लागि कतिपय ब्यक्ति बिदेशीको बुइ चढेर आफ्नै देश र जनता बिरुद्ध हिम्सात्मक गतिबिधि गर्न निर्लज्ज ढङ्गले अग्रसर भएको नियति हामीले ब्यहोरिसकेका छौ । पदलाई प्राथमिकतामा राखेर ब्यबहार गर्ने नया पुराना सबै अनुहार घातक हुने भएकोले यस अर्थमा विद्याज्यू उपयुक्त पात्र हुनुहुन्छ ।
२) विद्या भण्डारीज्यू पटकपटक मन्त्री हुनुभयो, तर कहिल्यै कुनै अनियमिततासङ्ग जोडिएर उहाको नाम आएन । यसले उहा सुशासनको पक्ष र भ्रष्टाचारको बिरूद्ध दृढतापूर्वक उभिनुहुने पूर्ण विश्वास गर्न सकिन्छ्।
३) विद्या भण्डारीज्यूमा देशभक्ति, प्रजातन्त्र , राष्ट्रप्रतिको आत्म गौरब अद्वीतीय स्तरमा देखिन्छ । नेपाली राष्ट्रीय सेनामा कुनै पार्टी विशेषले तालिम दिएका दशौ हजार गुरिल्लालाई प्रबेश गराउने षड्यन्त्रलाई चकनाचुर पार्ने महान कार्य विद्याज्यूबाट नै भएको थियो र अब्यबहारिक तथा हरेक देशभक्त नेपालीको मन दुख्ने गरी ल्याइएको नागरिकता विधेयकलाई अस्वीकार गर्ने इमान्दारी र साहस पनि उहाले नै दर्शाउनु भएको हो । समयले परीक्षण गरिसकेको नेता उहा हुनुहुन्छ ।
४) उहा कसैकाप्रति आग्रह पूर्वाग्रह राख्नुहुन्न, शितल हुनुहुन्छ, षड्यन्त्र र कपट गर्ने सोच र चरित्र उहाको कहिल्यै रहेन । नेपाललाई यतिबेला षड्यन्त्रकारी र कपटीहरूबाट मूक्ति चाहिएको छ ।
५) परराष्ट्र नीति र ब्यबहार असन्तुलित हुदा मुलुकले कष्ट ब्यहोरिरहेको छ, विद्याज्यू सन्तुलित परराष्ट्र नीति र ब्यबहार गर्न सक्षम हुनुहुन्छ । त्यसैले पनि विद्याको आवश्यकता खट्किएको छ्।
६) राजनीतिमा अचानक प्रकट भएका केही महिलाले भ्रष्टाचार र अनियमिततामा `अब्बल´ रहेको प्रमाणित गरेर महिलाहरूप्रतिको विश्वास र भरोसामा गम्भीर क्षति पुर्याएका छन, महिलाप्रतिको विश्वास र भरोसा पुनर्स्थापित गर्न पनि देशमा विद्याहरूको आवश्यकता परेको छ ।
बाकी अन्य केही महत्वपूर्ण कारणहरू पछि प्रस्तुत गरिनेछ !
प्रकाशित मिति : २९ असार २०८२, आईतवार १३:३५










