१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

एकताअघि नै कारबाहीमा परेका थिए झाँक्री, भूसालसहित ६ नेता

२० काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताकै दिन ६ जना नेतालाई कारबाही गर्नुभएकाे छ ।घनश्याम भूसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको अध्यक्ष माधव कुमार नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माधव नेतृत्वको एकीकृत समाजवादी बुधबारनै माओवादी केन्द्रसहितका विभिन्न १० वाम दलले पार्टी एकता गरेका थिए। पार्टी केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टी निर्णयको उल्लघंन गरी गतिविधि गर्नु पार्टी विधानको धारा १२० को उल्लघंन भएकाले त्यस खालको गतिविधिमा संलग्न हुनु भनेको पार्टी विरोधी कार्य भएकाले त्यस्ता कार्यमा संलग्न तपशिल बमोजिमका व्यक्तिहरूलाई केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गर्दै विधानको धारा १२१ (२) बमोजिम पार्टी सदस्य पनि नरहने गरी कारबाही गर्ने निर्णय केन्द्रीय सचिवालयको २०८२ कात्तिक १९ गते बसेको बैठकबाट गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : November 6, 2025 at 5:35 pm