विकाश हाईड्रोपावरको आईपीओ तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् नतिजा
२९ असार, काठमाडाैं । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत असार १८ गतेदेखि वैशाख २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा रहेको कार्यालयमा बाँडफाँड भएको हो ।
प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २१ लाख ५० हजार ६७२ आवेदकबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
यसमध्ये २० लाख ५६ हजार २०७ आवेदन सदर भएको र ९४ हजार ४६४ आवेदन बदर भएको छ । यसरी कुल सदर आवेदकबाट २ करोड ३६ लाख ५५ हजार ३७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।
कुल सदर आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । भने बाँकी १७ लाख ६१ हजार ९३१ आवेदकको हात भने खाली भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीकाे आईपीओ नतिजा केही समयपछि प्रकाशित हुने छ । कम्पनीकाे आईपीओ नतिजा सिडिएसले सञ्चालन गरेको आईपीओ नतिजा हेर्ने वेबसाईट https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाईट https://www.prabhucapital.com/ipo-allotmentर मेरो शेयर एप लगइन गरेर https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ
प्रकाशित मिति : २९ असार २०८२, आईतवार १०:०१










