अब घर बनाउन ३ करोडसम्म ऋण पाइने
२७ असार, काठमाडाैँ । आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ।
हाल २ करोड रहेको कर्जाको सीमा अब ३ करोड पुगेको हो। पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइने भएको छ।
प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १३:५२