२२ आश्विन २०८२, बुधबार | Thu Oct 9 2025

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौँः योगेश भट्टराई

२७ असार, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गर्नुभएको छ ।

भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेसँगै स्वयं भण्डारी र एमाले नेताहरुबाट एकअर्काप्रति आइरहेका सार्वजनिक अभिव्यक्तिप्रति लक्षित गर्दै सामाजिक सन्जाल फेसबुकमार्फत् एकअर्कालाई नलल्कार्न आग्रह गर्नुभएको  हो ।

उहाँले भन्नुभएको छ, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ । बसौँ, आपसमा विमर्श गरौँ ।’

उहाँले सहकार्यबाट समाधान गर्नु नै जबजको मर्म भएकाले सबै एकै ठाउँमा उभिने आधार निर्माण हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकार्य मार्फत समाधान खोजौँ, जबजबको मर्म पनि यहि हो । राष्ट्र, जनता र एमाले हामी सबै एक ठाउँमा उभिने आधार १’

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार ११:०८