८ भाद्र २०८२, आईतवार | Sun Aug 24 2025

काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

२५ असार, काठमाडाैं ।  काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न  विशेष अदालतले आदेश दिएको छ ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

उनीसँगै एउटै मुद्दामा हाजिर भएका बसन्त आचार्य र नमराज ढकालसँग अदालतले ५०/५० हजार रुपैयाँ धरौटी माग गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ २८ गते प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १८:३५