कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२५ असार, काठमाडौं । कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित हुनुभएको छ । उहाँलाई पार्टीले एक वर्षका लागि सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको हो ।
प्रकाशित मिति : २५ असार २०८२, बुधबार १७:२७