२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द

२५ असार, काठमाडाैं । रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ र २ को सिमानामा रहेको यो आयोजनाले गत वर्ष पुस १६ देखि व्यापारिक रुपमा विद्युत् उत्पादन गरिरहेको थियो।

१११ मेगावाट क्षमताको उक्त आयोजनाको स्रोत नदी भोटेकोशीमा आएको ठूलो बाढीले आयोजनाको बाँधस्थल, आवासगृह, आवासगृहदेखि जलविद्युत् केन्द्र जाने पहुँचमार्गलगायतका संरचनाहरुमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको रसुवागढी हाईड्रोपावर कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १२:१२