रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री
२४ असार, काठमाडौं । रसुवामा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू त्यसतर्फ जान nलाग्नुभएकाे छ ।
गए राति रसुवाको भोटेकोशी नदीमा आएको बाढीले गरेकाे क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जान लाग्नुभएकाे हाे ।
बालुवाटार स्रोतका अनुसार दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओलीसहितको टोली जान लागेको हो । प्रधानमन्त्री ओली बालुवाटारबाटै हेलिकप्टरमा रसुवातर्फ जानुहुनेछ भने अर्थमन्त्री र गृहमन्त्री अर्को हेलिकप्टरबाट रसुवा जान लाग्नुभएकाे हाे ।
प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १४:४३









