१ माघ २०८२, बिहीबार | Fri Jan 16 2026

अपर तामाकोशीको सञ्चालकमा सविना मास्के प्रधान नियुक्त

२४ असार, काठमाडौं । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा सविना मास्के प्रधान मनोनयन हुनुभएको छ  । कम्पनीले प्रतिनिधिको रुपमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडकी निमित्त प्रबन्ध निर्देशक प्रधानलाई अपर तामाकोशीको सञ्चालकमा मनोनयन गरी पठाएको हो ।

असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको प्रधानलाई सञ्चालकको रुपमा स्वागत समेत गरेको छ । यसका साथै सोहि मितिदेखि उहाँले सञ्चालक समितिको सदस्यमा प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार ११:११