धादिङको त्रिशूली नदीमा भेटियो दुई जनाको शव
२४ असार, काठमाडाैं । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ। गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको हाे ।
दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १०:४१









