७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२३ असार, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन साेमबार सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार २२.२५ अंकले घटेर २६८४.०१ को विन्दुमा कायम भएको हो ।

यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८० करोड ७० लाख ५६ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ७१ लाख २० हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको २४ करोड १७ लाख ८ हजार रुपैयाँ, सहास उर्जा लिमिटेडको २० करोड ४५ लाख ५४ हजार रुपैयाँ र ङादी ग्रुप पावरको १९ करोड ९३ लाख ५९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार १५:२२