कुलिङ पिरियडमा भएको तोडमोडको छानबिन गर्न विशेष समितिका सदस्यहरुको नाम टुंगियो
२३ असार, काठमाडाैं । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन तथा अध्ययन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन भएको छ।
साेमबार बसेकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा ५ दलका प्रमुख सचेतकले समितिमा रहने सदस्यकाे नामावली सभामुखलाई दिएका हुन्। ७ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहनेछन् । नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुहुने छ ।
समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइएको छ।
प्रकाशित मिति : २३ असार २०८२, सोमबार १४:२४










