इमर्जिङ नेपालको अध्यक्षमा भट्टराई चयन
२० असार, काठमाडाैं । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा केशव राज भट्टराई चयन हुनुभएकाे छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भट्टराईलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
रिक्त रहेको उक्त पदमा उहाँलाई बाँकी कार्यकालका लागि चयन गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १३:४५









