३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

गरिमा विकास बैंकले ९८ हजार बढी कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने

२० असार, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९८ हजार २८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकहरबाट केही कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएकाले बिक्री हुन बाँकी सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर किन्न इच्छुक व्यक्तिहरूले आफूले किन्न चाहेको कित्ता उल्लेख गरी आवश्यक कागजातसहित १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १०:०२