५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्दै बन्दिपुर केबलकार
१९ असार, काठमाडौं। बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
धितोपत्र बोर्डले अनुमति दिएसँगै अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १७:५२













