सेयर बजारमा सुधार, २७०० विन्दुमाथि नेप्से
१९ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ९.१४ अंकले बढेर २७०३.९६ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । नेपाल फाइनान्सको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लाएको छ । सो फाइनान्सको सेयरमूल्य यस दिन ६३ रुपैयाँ २ पैसा बढेर ६९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक घटेको छ। बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १५:३३













