२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा थुनछेक बहस

१९ असार, काठमाडाैं । पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा हाजिर हुनुभएकाे छ । साइबर क्राइमको मुद्दा दर्ता भएपछि पत्रकार पाठक अदालत उपस्थित हुनुभएकाे हाे ।

पाठक अदालतमा हाजिर भएसँगै न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने तय भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

पाठकविरूद्ध सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलले साइबर अपराधको मुद्दा दर्ता गरेको थियो। गत जेठ २८ गते  पाठकविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो। ‘

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार ११:३७