प्रि ओपन सेसनमा करिब साढे ५ अंकले बढ्यो नेप्से
१९ असार, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंकले बढेर बन्द भएको छ।
यस दिन सो सेसनमा नेप्से ५.३४ अंकले बढेर २७००.१६ विन्दुमा पुगेको छ। बिहीबार प्रि ओपन सेसनमा ६२ स्टकको १२६ पटकको कारोबारमा ७१ लाख १० हजार ३७९ रुपैयाँ ३० पैसाबराबरको १२ हजार ८४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १९ असार २०८२, बिहीबार ११:०४













