सूर्योदय वोमी लघुवित्तको २ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
१९ असार, काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १०:५७