२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१९ असार, झापा ।  बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो ।

गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १०:२६