हकप्रद निष्कासनका लागि खानीखोला हाइड्रोले तोक्यो बुक क्लोज मिति
१८ असार, काठमाडौं। खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि असार २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसको अर्थ, असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रद खरिदका आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ः१ अनुपातमा प्रति सेयर रू. १०० दरका ४६ करोड ५७ लाख १४ हजार रपैयाँ बराबरको कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल रहेको छ ।
प्रकाशित मिति : १८ असार २०८२, बुधबार १०:३६










