२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

निरन्तर तेस्रो दिन बढ्यो नेप्से, ७ अर्ब ३ करोडको कारोबार

१७ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । यस दिन नेप्से २८.९१ अंकले बढेर २६६०.३९ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको सेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ। युनिलिभर नेपालको सेयरमूल्य यस दिन २.१३ प्रतिशत घटेको छ।  एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको सेयर यस दिन सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड १६ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार १५:२९