नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
१५ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएकाे छ । नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) को १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८२५.७८ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार ९०८.३६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : १५ असार २०८२, आईतवार १६:२०













