लुम्बिनी केवलकारले बोलायो साधारण सभा, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित हुने
१५ असार, काठमाडाैं । लुम्बिनी केवलकार लिमिटेडले विशेष साधारण सभा बाेलाएकाे छ । कम्पनीले साउन ३ गते काठमाडाैंकाे लाजिम्पाटमा रहेको होटल हिमालयमा साधारण सभा बाेलाएकाे हाे ।
सभा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको अधिकृत तथा चालु पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित मिति : १५ असार २०८२, आईतवार १२:३०













