२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

१५ असार, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.८० अंकले घटेर २५९४.९४ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा ३४ स्टकको ३ करोड ७० लाख ७४ हजार ७३९ रुपैयाँ ३० पैसाबराबरको ५८ हजार ७८९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार १०:५७