सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
१२ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५ .७४ को बिन्दुमा कायम भएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । यस दिन बैंकको सेयरमूल्य ९.१८ प्रतिशत अर्थात १०९ रुपैयाँले बढेको हो । यस दिन रिलायबल समृद्धि योजनाको इकाईमूल्य सर्वाधिक घटेकाे छ । आज बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १५:३०













