२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

बुटवल पावर कम्पनीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१२ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से १.७५ अंकले घटेर २५९८.४४ को विन्दुमा बन्द भएको हो । आज बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ६२ करोड ५२ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, राधी विद्युत कम्पनीको ३९ करोड २० लाख ३२ हजार रुपैयाँ,ङादी ग्रुप पावरको ३२ करोड ३२ लाख ६ हजार रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ३१ करोड ६१ लाख ८२ हजार रुपैयाँ र बरुण हाइड्रोपावरको २८ करोड ५ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १५:१७