२१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो

११ असार, काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार सेयर बजार झिनो अंकले घटेकाे छ । बुधबार नेप्से परिसूचक ०.३३ अंक घटेर २६००.२० विन्दुमा बन्द भएकाे छ।  यस दिन कारोबार रकम भने सामान्य बढेको छ। यस दिन ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ । मंगलबार ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको काराेबार भएकाे थियाे ।

आज मोदी इनर्जीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य यस दिन ३० रुपैयाँ १२ पैसा बढेर ३३१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक घटेको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १५:३५