२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

बजारबाट ६३ दिनका लागि ५० अर्ब झिक्दै राष्ट्र बैंक

११ असार, काठमाडौं। पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था कायम रहँदा त्यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट रकम झिक्ने गर्दछ । सोही अनुरूप बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी भदौ ११ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित मिति : 11:47