विशेष अदालत पुगे माधव नेपाल
११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत पुग्नुभएको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका क्रममा उहाँ अदालतमा आफैँ हाजिर हुनुभएको हो ।
नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराउनुभएको थियो । गत जेठ २२ गते पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।
प्रकाशित मिति : ११ असार २०८२, बुधबार ११:२०









