सोमबार कति छ सुनको मूल्य ?
९ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन आइतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ । यस दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार १७० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : ९ असार २०८२, सोमबार १०:५५