२ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026

सुर्खेतबाट हिँडेर काठमाडौं आएका नवराजले भेटे प्रचण्ड

९ असार, काठमाडाैं । सुर्खेतदेखि हिँड्दै एक महिना लगाएर काठमाडौं आइपुगेका नवराज भेँडा (बोहोरा)ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएकाे छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएका बोहोराले आज पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएकाे हाे ।

बोहोरा वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्ने एजेन्डा लिएर काठमाडौं आउनुभएको हो । भेटका क्रममा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरू त्यसको प्रमाण भएको बताउनुभयाे । साथै, उहाँले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिनुभयो।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार ०९:५०