२ आश्विन २०८२, बिहीबार | Fri Sep 19 2025

`सबैका लागि घर´ का लागि प्रमुख कार्यकारीहरुको सडकमा सुताई

एडिलेड । साउथ अष्ट्रेलियाको एडिलेडमा परोपकारी संस्था विनिजको आयोजनामा विभिन्न व्यवसायीघरानाका प्रमुख कार्यकारी अधिकृतहरु सहित अभियन्ताहरुले ` सबैका लागि घर´ भन्ने नारा सहित बिहिवारको रात एडिलेड ओवल अगाडिको वार मेमोरियल ड्राईभ सडकमा सुतेका छन् ।

२००९ बाट शुरु भएको यो अभियानमा नेपाली व्यवसायी वुमरेङ ईन्टरनेशल एजुकेशन सर्भिष अष्ट्रेलियाका कार्यकारी प्रमुख आशिष वाग्लेले चौथो पटक सडकमा सुतेका अर्थात   ‘CEO Sleepout’ अभियानमा सहभागी भएका छन् । भने लिभेबिलिटी केयर अस्ट्रेलियाका कार्यकारी प्रमुख समेत रहेका एडिलेड नेप्लिज क्रिकेट एशोशियसनका (एन्का) सचिव सन्तोष जंग अधिकारीले समेत अभियानमा सहभागीता जनाएका छन् ।

यो अभियानको उद्देश्य घरवारविहीनहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने मात्र नभएर आम मानिसमा समस्या प्रतिको चेतना बढाउने र आवास, शिक्षा, रोजगारी र मानसिक स्वास्थ्यका सेवामा लगानी जुटाउने रहेको वाग्ले बताए ।

१२५ जना प्रमुख कार्यकारीहरुले सहभागीता जनाएको अभियानमा यस बर्ष एक रातमा झण्डै सात लाख अष्ट्रेलियन डलर बराबर सहयोग उठेको छ । पैतिस समय भन्दा बढिले सहयोग गरेका छन् ।

वाग्लेले घर हुनु एक मौलिक हक भएकाले प्रत्येक मानवले यो अधिकार उपभोग गर्न पाओस भनेर आफु यो अभियानमा सहभागी हुने गरेको बताए । अर्का सहभागी अधिकारीले एउटा परोपकारी अभियानमा सहभागी हुन पाएकोमा गर्व लागेको बताए ।

यस बर्ष मित्सुबिशी मोटर्स अष्ट्रेलियाका कार्यकारी प्रमुख शॉनवेस्टकट लगायतको सहभागिता  रहेको थियो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १०:४१