बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
५ असार, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन बिशीबार सेयर बजारमा उच्च अंककाे गिरावट आएको छ । यस दिन नेप्से २४.५९ अंकले घटेर २६२९.०८ को विन्दुमा कायम भएको हो । ङादी ग्रुप पावर कम्पनीको सेयर यस दिन सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८५ करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, बुटवल पावर कम्पनीको ५८ करोड ९ लाख ४ हजार रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ४७ करोड ९१ लाख १३ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४२ करोड १७ लाख १७ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ३५ करोड ४३ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १५:१६













