४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

५ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य  पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार ११:१०