४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

४ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १०:५०