३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

सुक्खा पहिरो खसेर नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध

३ असार, चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १३:४४