३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

सुनको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

३ असार  काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १०:५१