३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

छिमेक लघुवित्तको २ लाख ४४ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

३ असार, काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ४४ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ ।

उक्त सेयरमा  जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले असार १० गतेसम्म मुक्तिनाथ क्यापिटलमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ५० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार ०९:५९