२ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026

मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार

२ असार, काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । हाल उहाँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ ।

छातीको सङ्क्रमण देखिएपछि वैद्यलाई झण्डै एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । महासचिव वैद्यकी छोरी चेतना शर्माका अनुसार उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

शर्माले भन्नुभयो, “बसुन्धरास्थित विपी स्मृति अस्पताल र टिचिङमा गरी झण्डै एक महिना उपचारपछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।” वैद्यलाई झण्डै १५ दिन सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गराइएको थियो । हाल उहाँलाई वार्डमा सारिएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार १६:४६