३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ सकुशल भेटिए

२ असार, काठमाडौं । फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ सकुशल फेला पर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई तार्केश्वर नगरपालिका -३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

बालाजुमा भेटिएका श्रेष्ठ सोमबार बिहान फेसबुकमा लामो स्टाटससहित अलबिदा लेखेर सम्पर्कविहीन हुनुभएको थियो । अहिले प्रहरीले श्रेष्ठलाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकाली ल्याउँदै छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार १४:२७