३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

ढुंगेमा बसको ठक्करबाट किस्पाङकी अम्बिका भट्टको निधन

१ असार, काठमाडाैँ । नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ ढुंगेमा बसले ठक्कर दिँदा एक महिलाको निधन भएको छ । असार १ गते बिहानको समयमा ढुंगेबाट रसुवातर्फ जान लागेको ना ४ ख ४८४ नं. को बसले पैदल यात्रु किस्पाङ गाउँपालिका वडा नम्बर ५ शान्तिबजार बस्ने बर्ष ५४ को अम्बिका भट्टलाई ठक्कर दिएको र उहाँको उपचारको क्रममा मृत्यु भएको नुवाकोटका प्रहरी प्रवक्ता डिएपी विक्रम लामाले जानकारी दिनुभयो ।

बसले ठक्कर दिँदा भट्टको खुट्टा र पेटमा चोट लागेको थियो । दुर्घटना लगत्तै जिल्ला अस्पताल त्रिशुलीमा उपचारका लागि लगए पनि थप उचारका लागि अस्पतालले काठमाडाैँ पठाएको थियो । भट्टलाई ग्रिनसिटी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । डिएसपी लामाले दिएको जानकारी अनुसार चालक रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ३ का जीवन गुरुङलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार २०:५२