३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

घरकी फूलबारीः ईन्जिनयर प्रमोदको गीतमा ९ वर्षीय परिधिको स्वर (भिडियोसहित)

२५ जेठ, काठमाडौँ । ईन्जिनियर प्रमोद खतिवडाको गीतमा ९ वर्षीय परिधि खतिवडाले स्वर दिनुभएको छ । परिधिको यो पहिलो  गायन यात्रा हो । बालमैत्री गीत ‘घरकी फूलबारी’ मार्फत परिधिले ९ वर्षकै उमेरमा संगीत यात्रा सुरू गर्नुभएको छ ।

परिधि काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययरत हुनुहुन्छ । गीत परिधिकै पिता प्रमोदले रचना गर्नुभएको हो । गीतमा बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

परिधिको स्वरमा रहेको गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गर्नुभएको छ। म्युजिक भिडियोको निर्देशन भने ‘गुरुभाइ फकीर’ले गर्नुभएको छ ।  परिधिको स्वरमा रहेको गीत तल हेर्न र सुन्न सक्नुहून्छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार २०:१७