नेपाल टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा दर्ता
२५ जेठ, काठमाडाैँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तितयारको टोली अहिले विशेष अदातलमा रहेको छ ।
अख्तियारले नेपाल सरकारका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालसहितलाई प्रतिवादी बनाएको छ । २०८१ भदौमा वर्तमान सरकारले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । टेलिकमको बिलिङ प्रणालीको ठैक्कामा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १४:०४