१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

सुनको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

२५ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्र भएको थियो ।

प्रकाशित मिति : June 8, 2025 at 10:52 am