१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

स्वावलम्बन लघुवित्तद्वारा वातावरण दिवसको अवसरमा कृषि उद्यमीलाइ फलफूलको विरुवा वितरण

२३ जेठ, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कल्याणपुर, सप्तरीले विश्व वातावरण दिवसको अवसरमा विभिन्न फलफूलको विरुवाहरु वितरण गरेको छ ।

वित्तीय संस्थामा आवद्ध ग्राहक महिला सदस्यहरुलाई कृषिमा उद्यमी बनाउने अभिप्रायले खडक नगरपालिका वडा नं. ५ र ६ साथै शम्भुनाथ नगरपालिका वडा नं. ७ र ८ का ९९ घरधूरीका महिला ग्राहक सदस्यहरु प्रत्येक लाई आँप, लिची र कागतीका विरुवाहरु वितरण गरिएको हो ।

फलफूलका विरुवाहरु वितरण कार्यक्रम शम्भूनाथ नगरपालिकाको वाड नं. ८ स्थित श्री आधारभूत विद्यालयमा आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष इन्द्रकान्त चौधरीले समुदायमा यस प्रकारका विरुवाहरु वितरण गरी कृषि उद्यममा सघाउ पुर्‍याएकोमा स्वावलम्ब लघुवित्तलाई धन्यबाद दिनुभएकाे छ ।

त्यसैगरी विशिष्ठ अतिथि विद्यालयका प्रधानाध्यापक विजय कुमार चौधरीले महिलाहरुलाई फलफुलका विरुवा वितरणबाट गाउँमा फलफुल खेतीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा शाखा प्रबन्धक अनिल कुमार साहले वित्तीय संस्थाले कर्जा तथा बचतको सेवाका अतिरिक्त समय समयमा ग्राहक सदस्यलाई विभिन्न उद्यममा टेवा पुग्ने गरी आर्थिक तथा गैर आर्थिक सहयोग तथा उद्यमशीलता प्रबद्धनका लागि कार्य गर्दै आएको बताउनुभयाे ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार १४:२५